कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइराला नियुक्त – Nepal Press

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइराला नियुक्त

विराटनगर । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रूपेश कोइराला नियुक्त भएका छन् । कोइराला नेपाली कांग्रेसनिकट हुन् ।

मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले कोइरालालाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् । उनलाई आइतबार दिउँसो पौने २ बजे उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसादराज भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले बताए ।

मोरङको विराटनगर महानगरपालिका- ९ का अधिवक्ता कोइराला प्रजातान्त्रिक कानून व्यवसायी संघ मोरङका पूर्वसभापति तथा हालका सल्लाहकारसमेत छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *