कांग्रेसको भ्रातृ संगठन नेविसंघ प्रधानमन्त्रीको राजीनामा माग्दै सडकमा (तस्बिरहरू/भिडिओ) – Nepal Press

कांग्रेसको भ्रातृ संगठन नेविसंघ प्रधानमन्त्रीको राजीनामा माग्दै सडकमा (तस्बिरहरू/भिडिओ)

काठमाडौं । सत्तागठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग्दै मार्चपास गरेको छ । नेविसंघले सरकारको विरोधमा सिंहदरबारदेखि बालुवाटारसम्म मार्चपास गरेको हो । प्रचण्ड सरकारले राज्य आतंक सिर्जना गरेको नेविसंघको मूल आरोप छ ।

कांग्रेसकै समर्थनमा प्रधानमन्त्री भएका प्रचण्ड नेतृत्वको सरकारको विरोधमा नेविसंघ सडकमा उत्रिएको छ । प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा कांग्रेसका ९ जना मन्त्री छन् ।

नेविसंघले महागठबन्धन के का लागि ? मर्ने गोली होइन बाँच्ने गोली दे सरकार, खुला वैदेशिक हस्तक्षेप बन्द गर, सुन काण्डमा किन चुप, काण्डैकाण्डको नाइके र भ्रष्टाचारीलाई संरक्षण गर्ने प्रचण्ड राजीनामा दे लगायतका नारा लगाएका थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर