बालकुमारी घटनाको विरोधमा वीरेन्द्रनगर आन्दोलित (तस्बिरहरू/भिडिओ) – Nepal Press

बालकुमारी घटनाको विरोधमा वीरेन्द्रनगर आन्दोलित (तस्बिरहरू/भिडिओ)

सुर्खेत । ललितपुर बालकुमारीमा प्रदर्शनको क्रममा दुईजनाको मृत्यु भएको विषयलाई लिएर सुर्खेतको वीरेन्द्रनगरमा आन्दोलन भइरहेको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जान भाषा परीक्षाको आवेदन भर्न पाउनुपर्ने माग राख्दै भएको प्रदर्शनका क्रममा शुक्रबार प्रहरीको गोली लागेर दैलेखको महाबु गाउँपालिका-६ का २३ वर्षीय सुजन रावत र अछामको चौरपाटी गाउँपालिका-१ का २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

शनिबारदेखि सुरू भएको आन्दोलन आज पनि जारी राखिएको छ । माग पूरा नभएसम्म आन्दोलन नरोक्ने नवीन योगीले बताए । आइतबार बिहान वीरेन्द्रनगरका मुख्य सडक एरिचोक, मंगलगढी र वीरेन्द्र चोकमा सरकारी सवारीसाधन अवरुद्ध पारियो । निजी भने फाटफुट चलेको थियो । त्यस क्षेत्रमा प्रहरीको उपस्थिति बढाइएको छ । आन्दोलनकारीले वीरेन्द्रनगरका मुख्य चोकहरूमा टायर बालेर आन्दोलन गरिरहेका छन् ।

आन्दोलनलाई नेतृत्व गरिरहेका योगीले आक्रोशित हुँदै भने, ,`यदि हाम्रो कुरालाई बेवास्ता गरियो भने युवा विद्रोह जनआन्दोलन तेस्रो/चौथोको रूपमा अगाडि बढ्छ । यो आन्दोलनलाई सरकारले थेग्न सक्दैन ।

आन्दोलनकारीले पूर्वाधारमन्त्री प्रकाश ज्वाला र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् । मृतक युवाहरूलाई शहीद घोषणा, घोषणाको माग गरेका छन् । साथै, पीडित परिवारलाई उचित शिक्षा, स्वास्थ्य, लालनपालनको सम्पूर्ण ग्यारेन्टी राज्यले गर्नुपर्ने माग छ ।

आन्दोलनमा मृतकका आफन्त, विभिन्न राजनीतिक दलका कार्यकर्ताहर सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *