बालकुमारी घटनाबारे बुझ्न संसदीय समितिले बोलायो गृहमन्त्री र तीनै सुरक्षा निकाय प्रमुख – Nepal Press

बालकुमारी घटनाबारे बुझ्न संसदीय समितिले बोलायो गृहमन्त्री र तीनै सुरक्षा निकाय प्रमुख

काठमाडौं । ईपीएस भाषा परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको घटनाबारे जानकारी लिनका लागि संसदीय समितिले उपप्रधान एवम गृहमन्त्रीसहित तीन वटै सुरक्षा निकायका प्रमुखलाई बोलाएको छ ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित चार वटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर जानकारी लिन लागेको हो ।

सोमबार बिहान साढे ८ बजे सिंहदरबारमा रहेको कानून, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बैठक बोलाइएको र बैठकमा इपिएस भाषा परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको घटनाका सम्बन्धमा छलफल हुने समितिका सचिव सुरजकुमार दुराले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार बैठकमा उपप्रधान एवम गृहमन्त्री श्रेष्ठ, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालाई बोलाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *