ईपीएस विवादकाे जराे : किन भड्किए युवा ? – Nepal Press

ईपीएस विवादकाे जराे : किन भड्किए युवा ?

काठमाडौं । ललितपुरको बालकुमारीमा कोरिया जाने सपना बोकेका दुईजना युवकको आन्दोलनका क्रममा ज्यान गयो । त्यसलगतै उच्च अदालत पाटनले यसअघि सिपबिल्डिङ सेक्टरमा परीक्षा दिएका सबैलाई ‘म्यानुफ्याक्चरीङ सेक्टर’ मा सहभागी गराउन आदेश दियो ।

‘सिपबिल्डिङ सेक्टर’ र ‘म्यानुफ्याक्चरीङ सेक्टर’ कोरिया सरकारले आफ्नो देशमा कामदार माग गर्ने कोटाहरु हुन् । कोरियाली सरकारले नेपालबाट ‘सिपबिल्डिङ सेक्टर’ र ‘म्यानुफ्याक्चरीङ सेक्टर’ लगायतका विभिन्न क्षेत्रहरुका लागि कामदारहरु माग गर्दै आएको छ ।

तर, यी विभिन्न क्षेत्रहरुमध्ये एक वर्षमा कुनै एउटै सेक्टरका लागि मात्रै आवेदन दिन पाउने ईपीएस कोरिया शाखाले व्यवस्था गरेको छ । कोरिया जानका लागि गत असार महिनामा नै ‘सिपबिल्डिङ सेक्टर’ लागि विज्ञापन खुलाई परीक्षा समेत भयो । जसमा ३५ हजार बढीले आवेदन दिएका थिए ।

त्यसको लगतै सन् २०२३ समाप्त हुनै लाग्दा गत मंसिर महिनाको अन्तिमतिर डिसेम्बरमा कोरियाको ‘म्यानुफ्याक्चरीङ सेक्टर’ का लागि भारी मात्रामा विज्ञापन खुल्यो । जसका लागि १ लाख ४३ हजार भन्दा बढीले फर्म भरिसकेको ईपीस केरिया साखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदीले बताएका छन् ।

तर, उच्च अदालत पाटनले दुई युवकको ज्यान गइसकेपछि सिपबिल्डिङ सेक्टरमा खुलेको विज्ञापनमा परीक्षा दिइसकेकालाई पनि मंसिर अन्त्यमा खुलेको ‘म्यानुफ्याक्चरीङ सेक्टर’ मा सहभागी गराउन आदेश दिएको छ ।

यसअघि उच्च अदालत पाटनकै आदेशपछि सिपबिल्डिङमा आवेदन दिइसकेका १८ जनालाई मात्रै ‘म्यानुफ्याक्चरीङ सेक्टर’ मा फर्म भर्न इपीएस कोरिया शाखाले सहमति जनाएपछि विवाद सुरु भएको हो ।

जहाँ म्यानुफ्याक्चरीङ सेक्टरमा फर्म भर्न नपाएका युवाहरु आन्दोलित भए । जसका कारण भौतिक पूर्वाधार तथा यातायात तथा मन्त्री प्रकाश ज्वालाकोे गाडीमा आगो लाग्यो, दुईजना युवकको मृत्यु समेत भइसकेको छ ।

कसरी सुरु भयो ईपीएस कोरिया विवाद ?

गत साउन महिनामा कोरिया जानका लागि ‘सिपबिल्डिङ सेक्टर’ मा विज्ञापन खुल्यो । जसमा ३५ हजारबढीले कोरिया जानका लागि ‘सिपबिल्डिङ सेक्टर’ मा आवेदन दिएका थिए ।

सिपबिल्डिङमा आवेदन दिनेकाहरुको हकमा सन् २०२३ समाप्त नहुँदासम्म ‘म्यानुफ्याक्चरीङ सेक्टर’ मा आवेदन दिन नमिल्ने विज्ञापनमै उल्लेख गरिएको थियो । जसअनुसार आव सन् २०२४ देखि भने सिपबिल्डिङमा आवेदन दिएका सबैले अन्य सेक्टरमा फर्म भर्र्न पाउनेछन् ।

तर, जब गत मंसिर महिनाको अन्तिमतिर कोरियामा ‘म्यानुफ्याक्चरीङ सेक्टर’ तर्फ १५ हजार बढीका लागि विज्ञापन खुल्यो । जुन कोरिया जानका लागि खुल्ने अन्य विज्ञापनहरुको तुलनामा अत्याधिक बढी हो । जहाँ अहिलेसम्मकै अत्याधिक मात्रामा कोरिया जानपाउने अवसर बढी देखियो ।

सोही विज्ञापन खुलेसँगै यसअघि सिपबिल्डिङमा आवेदन दिएकाहरुले ‘म्यानुफ्याक्चरीङ सेक्टर’ तर्फ खुलेको १५ हजार बढीको विज्ञापनमा आवेदन दिन पाउनुपर्छ भन्ने सानो बहस सृजना भयो । जसलाई ठूलो बहसको स्थान दिइएन ।

वर्षाैंदेखि कोरियाको लागि तयारी गरिरहेका कुनैपनि नेपाली युवाहरुलाई यो अवसर जान दिनु स्वीकार्य हुँदैन । त्यही सिपबिल्डिङमा आवेदन दिएर फेल भएका केही युवाहरुले आफ्नो अवसरलाई जान नदिन पाटन उच्च अदालतमा आफूले पनि ‘म्यानुफ्याक्चरीङ सेक्टर’ तर्फ १५ हजार बढीका लागि विज्ञापनमा आवेदन दिन पाउनुपर्छ भन्दा रिट दाय गरे । जसको नतिजा पटान अदालतमा रिट दायर गर्ने १८ जना युवकहरुको पक्षमा गर्यो ।

उच्च अदालत पाटनले १८ जनालाई ‘म्यानुफ्याक्चरीङ सेक्टर’ मा फर्म भर्नका लागि व्यवस्था मिलाउन आदेश दिएपछि ईपीएस कोरिया साखाले सोहीबमोजिम सूचना जारी गर्यो ।

जब, ईपीएस कोरिया शाखाले सिपबिल्डिङमा आवेदन दिएका १८ जनालाई उच्च अदालतको आदेश अनुसार ‘म्यानुफ्याक्चरीङ सेक्टर’ मा फर्म भर्न सूचना जारी गर्यो ।

सूचना प्रकाशित भएलगतै सिपबिल्डिङमा आवेदन दिएका हजारौं युवाहरु जसले हाल ठुलो संख्यामा खुले ‘म्यानुफ्याक्चरीङ सेक्टर’ तर्फ आवेदन दिन पाएका छैनन्, उनीहरु बिहानै ईपीएस कोरिया कार्यालय अगाडि आएर कार्यालय खुल्ने प्रतीक्षामा थिए ।

निकै लामो समयपछि भारी संख्यामा खुलेको विज्ञापनमा आवेदन दिन नपाएका निराष युवाहरुको आक्रोश आज ललिपुरको बालकुमारीमा देखियो ।

तर, ईपीएस कोरिया शाखाले किन १८ जना सिपबिल्डिङमा आवेदन दिइसकेकालाई मात्रै ‘म्यानुफ्याक्चरीङ सेक्टर’ मा फर्म भर्न सूचना जारी गर्यो ?

ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदीलले भने, ‘सिपबिल्डिङमा परीक्षा दिएकाहरुले कोरिया भाषा परीक्षामा भाग लिन नपाउने भनेपछि १८ जनाले पाटन उच्च अदालतमा मुद्दा हालेका थिए ।

अदालतले पनि भाषा परीक्षामा भाग लिन फर्म भर्न दिनू भनेर आदेश दिएको थियो । सोही अदालतकै आदेशबमाोजिम ईपीएस शाखासँग अनुरोध गर्दा ईपीएस शाखा पोजेटिभ देखिएपछि सिपबिल्डिङमा परीक्षा दिएका १८ जनालाई फर्म भर्नको लागि सुचना निकालेकाे हो ।

हाल ‘म्यानुफ्याक्चरीङ सेक्टर’ मा भने १५ हजार बढीका लागि आवेदन खुलेको हुनाले १ लाख ४३ हजारबढी हालसम्मै अत्याधिक आवेदनहरु परेको छ । जसमा यसअघि सिपबिल्डिङमा आवेदन दिएका करिब २३ हजारबढीले आवेदन दिन पाएका छैनन् ।

यदि सिपबिल्डिङमा आवेदन दिएकाले पनि ‘म्यानुफ्याक्चरीङ सेक्टर’ मा फर्म भर्न पाउने हो भने, ‘म्यानुफ्याक्चरीङ सेक्टर’ करिब २ लाख जतिको आवेदन पर्ने देखिन्छ ।

यसअघि सिपबिल्डिङमा ३५ हजार बढीले आवेदन दिएका थिए । मायस जसमा १२ हजार मात्रे पस भए भने बाँकी करिब २३ हजार फेल भए ।

कोरियाले सिपबिल्डिङमा परीक्षा दिइसकेकालाई पनि स्वीकार गर्ला त ?

ईपीएस कोरिया साखाले सिपबिल्डिङमा आवेदन दिएका सबैलाई ‘म्यानुफ्याक्चरीङ सेक्टर’ मा सम्बोधन गर्न मिल्ने निर्देशक सुवेदीले बताउछन् ।

निर्देशक सुवेदी भन्छन, ‘ईपीएस कोरिया साख केबल एक माध्यम मात्रै हो । १८ जनालाई हामीले व्यवस्थापन गर्न भनेका छौं भने हामीले १८ जनालार्ई सहभागीका लागि कोरियालाई गरेको मेलको रिप्लाई आएको छैन । अब यसमा केही भन्न सकिँदैनन् । अब श्रम मन्त्रालय, वैदेशिक रोजगार विभागले छलफल गर्छ । हामीले त काम मात्रै गर्ने हो । अहिले चलिरहेको विवादको समाधान छैन भन्ने होइन विकल्पहरु छन् । सबैले उग्र हुनु भएन । शान्त भएर समाधान पनि निकाल्न सकिन्छ ।’

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *