बृहत यौनिकता शिक्षामा अपाङ्गता भएका बालबालिका तथा किशोरकिशोरीहरुको पहुँच विषयमा अन्तरक्रिया – Nepal Press

बृहत यौनिकता शिक्षामा अपाङ्गता भएका बालबालिका तथा किशोरकिशोरीहरुको पहुँच विषयमा अन्तरक्रिया

काठमाडौं । नेत्रहीन युवा संघ नेपालको आयोजना तथा राइट हियर राइट नाउ २ को सहयोगमा बृहत यौनिकता शिक्षामा अपाङ्गता भएका बालबालिका तथा किशोरकिशोरीहरुको पहुँच सम्बन्धी अन्तरक्रिया कार्यक्रम राजधानीमा सम्पन्न भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय,शिक्षा तथा मानव स्रोत विकास केन्द्र, काठमाण्डौँ महानगरपालिका, बुढानिलकण्ड नगरपालिका, परिवार नियोजन संघ नेपाललगायत अपाङ्गता क्षेत्रमा क्रियाशील संघ सस्थाहरुका प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

बृहत् यौनिकता शिक्षामा अपाङ्गता भएका बालबालिका तथा किशोरकिशोरीहरुको पहुँच वृद्दिका लागि कार्यक्रमको आयोजना गरिएको नेत्रहीन युवा संघ नेपालका केन्द्रिय सदस्य शंखर उपाध्यायले बताए ।

अन्तरक्रिया कार्यक्रममा नेत्रहीन युवा संघ नेपालले हालसम्म बृहत् यौनिकता शिक्षामा अपाङ्गता भएका बालबालिका तथा किशोरकिशोरीहरुको पहुँच वृद्दिका लागि हालसम्म गरेका प्रयासहरु बारे जानकारी दिएको थियो । संघका निर्देशक विश्वराम श्रेष्ठले पाठ्यपुस्तकमै यौनिकताको सवाल प्राथमिकताका साथ समावेश गर्नुपर्ने आवश्यकता रहेको बताए । ।
त्यसैगरी बृहत यौनिकता शिक्षामा अपाङ्गता भएका बालबालिका तथा किशोरकिशोरीहरुको पहुँचका लागि राज्यस्तरबाट गरिनुपर्ने प्रयासहरु समेटेर संघका कार्यक्रम संयोजक निर श्रेष्ठले प्रस्तुति दिएका थिए ।

यौनिकताको सवाललाई खाली यौन सम्बन्धसँग मात्रै नबुझेर यसलाई समग्र समाजको सम्बन्धमा जोडेर अपाङ्गता भएका बालबालिकाले महसुस गर्ने सम्मानित एवम् मर्यादित सम्बन्धको आयमले बुझिदिन उनले आग्रह गरे ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रको तर्फबाट हालसम्म गरिएका अनुसन्धान अनुगमनले अन्य विध्यार्थीको तुलनामा अपाङ्गता भएका व्यक्तिहरुले न्युन रुपमा सिकाइ सिक्ने गरेको देखिएको परीक्षण केन्द्रका प्रतिनिधिले बताएका थिए ।

कार्यक्रममा सहभागी नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघका अध्ययक्ष देवी आचार्यले बृहतयौनिकताको सवालमा स्थानिय तहबाटै कार्यक्रम तर्जुमा हुनुपर्ने आवाज उठाएका थिए ।

कार्यक्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक वसन्त प्रसाद कोइरालाले बृहत यौनिकता शिक्षामा अपाङ्गता भएका बालबालिका तथा किशोरकिशोरीहरुको पहुँचका लागि मानव स्रोत विकास केन्द्रको तर्फबाट विशेष कार्यक्रम लिएर सरकारी शिक्षकहरुलाई नै तालिम प्रदान गरिने प्रतिबद्दता व्यक्त गरेका थिए ।

साथै उनले बृहत् यौनिकता शिक्षामा अपाङ्गता भएका बालबालिकाहरूको पहुँचको लागी पाठ्यक्रममा मात्र सुधार गर्ने भन्दा पाठ्यपूषतक र सामाग्रीहरूको विकास र प्रवर्धन गरी त्यसको प्रभावकारी प्रयोगमा जोड दिनुपर्ने आवश्यकता औँल्याए ।
उनले कुनै पनि सामाग्रीहरू विकास गर्दा त्यसलाई राष्ट्रीय सामाग्रीको रूपमा स्विकारयोग्य हुने गरी सम्बन्धित निकायबाट स्विकृत गराएर काम गर्न सुझाव दिए । कार्यक्रममा उठाइएका सवालहरू जाहेज रहेको भन्दै त्यसलाई सम्बोधन गर्न आफू र आफ्नो निकाय सकारात्मक रहेको बताए ।

नेत्रहीन युवा संघ नेपालको आयोजना तथा सिबियामको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन् स्वास्थ र अधिकार बारेसहजकर्तालाईतालिमपुस्तिका प्रमाणीकरण कार्यशाला सम्पन्न भएको छ ।

समुदायमा परिचालक तथा शिक्षकहरुका लागि तयार पारिएको अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन् स्वास्थ र अधिकार सम्बन्धीतालिमपुस्तिकाबारे सुझाव आदानप्रदानका गरिएको उक्त कार्यशालामा अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन् स्वास्थ र अधिकार विषयविज्ञ तथा परामर्शकर्ता मदन राज भट्टले तालिम पुस्तिकामा रहेका विषयहरु बारे संक्षिप्त जानकारी दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *