सिटिजन्स बैंकद्वारा स्थिर ब्याजदरमा होम लोन, यस्ता छन् विशेषता – Nepal Press

सिटिजन्स बैंकद्वारा स्थिर ब्याजदरमा होम लोन, यस्ता छन् विशेषता

काठमाडौं । सिटिजन्स इन्टरनेशनल बैंक लिमिटेडले वार्षिक १०.९९ प्रतिशत स्थिर ब्याजदरमा ब्याजदरमा होम लोन ल्याएको छ । जहाँ एक पटक घर कर्जा लिइसकेपछि जहाँ ७ वर्षसम्म ढुक्क भएर ब्याजदर बढ्ने चिन्ता नै लिनुपर्दैन ।

सिटिजन्स बैंकको होम लोनमा ग्राहकहरूले २ करोड देखि ५ करोड रुपैयाँसम्मको घर कर्जा विना कुनै झन्झट लिन सक्नेछन् । भने, प्रत्येक महिना समान ईएमआई (किस्ता) मा ग्राहकले सजिलै घर कर्जा लिन सक्नेछन् ।

‘सपनाको घरेलाई दिनुहोस् आकार सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने अभियानका साथ अगाडी बढिरहेको बैंकले वार्षिक १०.९९ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा प्रदान गरिरहेको हो ।

जसमा ग्राहकहरूले आवासका निम्ति जग्गा खरिद/घर निर्माण, अपार्टमेन्ट खरिद, मर्मत सम्भार तथा विस्तार तथा रि–फाइनान्स समेतको लागि विभिन्न प्रकृतिका घर कर्जा सुविधा प्रदान गरिएको छ ।

बैंकको नयाँ घर कर्जामा ग्राहकहरूले ५ करोड रुपैयाँसम्मको कर्जा समान मासिक किस्ताबन्दी (ईएमआई) मा लिन सकिने छन् । जसको कर्जा २५ वर्षसम्ममा चुक्ता गरिसक्नु पर्नेछ । ५ करोड सम्मको कर्जामा धितो सुरक्षण मूल्यको अधिकतम ५० प्रतिशतसम्म कर्जा लिन सक्ने बैंकले जनाएको छ ।

यस्ता छन् प्रावधान सिटिजन्स बैंकको ‘होम लोन’ लिन:

  • नेपाली नागरिक जसको नियमित आयस्रोत अथवा जागिर भएको हुनुपर्ने ।
  • स्वरोजगार व्यक्तिको हकमा, व्यापार/व्यवसाय कम्तीमा २ वर्ष देखि सञ्चालनमा रहेको हुनुपर्ने ।
  • ऋणीले धितो राख्ने घर/जग्गा मोटर बाटोको पहुँचमा हुनुपर्ने ।
  • आवेदकको न्यूनतम उमेर १८ वर्ष र कर्जा समाप्तिको अवधिसम्म अधिकतम उमेर ६५ वर्ष ननाघेको हुनुपर्ने ।
  • आवेदक वा निजको सगोलको परिवारको सम्पत्तिबाहेक अन्य तेस्रो पक्षको धितो सुरक्षण मान्य नहुने ।

यस्तो छ मासिक किस्ताको व्यवस्था

ग्राहकले डेढ करोड रुपैयाँ घर कर्जा ७ वर्षे अवधिको हुँदा प्रत्येक महिना २ लाख ५७ हजार ईएमआई (किस्ता) हुन्छ । जहाँ ७ वर्षभन्दा बढी अवधिको कर्जामा कर्जाको ईएमआई कम हुन्छ । तर, ग्राहकलाई छोटो अवधिको कर्जामा बढी लाभ हुने देखिन्छ ।

ग्राहकहरूले बैंकका आवश्यक कागजात पुरा गरेर हप्ता दिनभित्र घर कर्जा लिन सकिने बैंकले जनाएको छ । यसअघि पनि बैंकले उपलब्ध गराउँदै आएको कर्जामा ग्राहकहरूले सन्तुष्टि जनाउँदै आएको बैंकको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर