ओली भन्छन्- बैंक मिटरब्याजीजस्तो हुनु हुँदैन (भिडिओ) – Nepal Press

ओली भन्छन्- बैंक मिटरब्याजीजस्तो हुनु हुँदैन (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माले बैंकहरू मिटरब्याजीजस्तो हुन नुहने बताएका छन् । झुलाघाट-चिवाभञ्ज्याङ यात्रा अन्तर्गत आइतबार नुवाकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले बैंकले एकलौटी ब्याज बढाउन नपाउने व्यवस्था गर्नुपर्ने औंल्याए ।

कार्यक्रममा ओलीले स्थानीयका सवाल सुनेका थिए ।

उनको भनाइ यस्तो थियो-

जुन शर्तमा ऋण दिएको छ त्यो शर्त पालना हुनुपर्छ । कुनै कारणबस् त्यो शर्त पालना हुनै नसक्ने अवस्था आयो भने दुई पक्षको सहमतिपछि मात्रै बैठकले घटबढ गर्नेछ भन्ने लेख्या हुन्छ । तर, घट् भन्ने त लेख्या मात्रै हो हुँदै हुँदैन । बढमात्रै हुने हो । त्यो एकलौटी गर्न नपाउने व्यवस्था हुनुपर्छ । अहिले ऋणको ब्याजलाई सिंगल डिजिटमा ल्याउनुपर्छ ।

अलिकति म्याद थप गरेर उद्यम व्यवसायहरू अप्ठ्यारोमा परेको बेलामा सहयोग गर्नुपर्छ कहिले कहिले डुब्न लाग्यो भने त्यसलाई थप ऋण दिएर उठाउने र आफ्नो ऋण लिने गर्नुपर्छ । फस्यो भने यो गज्जबको जग्गा रहेछ लिलामीमा गयो भने यो कम्पनीले किन्छ भन्ने तरिका उपयुक्त हुँदैन ।

बैंकले निर्मम साहुजी होइन, मिटरब्याजी तरिका होइन सहयोगी भएर काम गर्नुपर्छ, डिपोजिट कर्ताहरू र ऋण लिएर बैंक चलाइदिनेहरू नै बैंकका आधार हुन् । लोन लिए न बैंक चल्छ पैसा थुपारेर बैंकले के गर्छ ? डिपोजिट गर्नेहरुको ब्याज कसरी फिर्ता गर्छ। त्यसकारण अहिले ऋण दिनेहरू फालाफाल भएकाले बैंकहरूले ऋण लिनेहरूको महत्व बुझेका छैनन् । ऋण लिनेले नै हो बैंकहरु चलाइदिने, ब्याज तिरिदिने पैसा गतिशील बनाइदिने त्यसकारण यो सम्बन्ध तनावको रुपमा होइन सुमधुर सम्बन्धनको रुपमा बनाउनुपर्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर