लगातारको गिरावटपछि झिनो अंकले बढ्यो सेयर बजार – Nepal Press

लगातारको गिरावटपछि झिनो अंकले बढ्यो सेयर बजार

काठमडौं । लगातारको गिरावटपछि सेयर बजार झिनो अंकले बढेको छ ।

साताको चौथो दिन बुधबार सेयर बजार ३.३ अंकले बढेर १८४१.०४ बिन्दुमा कायम भएको हो । यसदिन बजारमा ३७ लाख ५५ हजार १२४ कित्ता सेयरको खरिदबिक्री हुदाँ १ अर्ब १४ करोड १८ लाख १२ हजार ३८२ रुपैयाँको कारोबार भएको छ ।

यसअघि सातको पहिलो दिन ७ अंकले घटेको सेयरबजार दोस्रो दिन ३ अंकले र मंगलबार १० अंकले घटेको थियो ।

आज ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था सकारात्म सकिर्टका साथ सर्वाधिक नाफामा रहेको छ । भने, सिंगती हाइड्रो इन्र्जी लिमिटेड, सनराइज ब्लूचिप फण्ड र हिमालयन बैंंक डेबेन्चर२०८३ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

कारोबारका आधारमा आज रिलाइब नेपाल लाइफ इन्स्योरेन्स ७ करोड ३४ लाख ४९ हजार रुपैयाँका साथ शिर्ष स्थानमा रहेको छ ।

बुधबार बजार पुँजिकरण २८ खर्ब ३८ अर्ब रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर