चन्द्र ढकालकाे दाबी- व्यवसाय गर्न नेपालमा जस्तो अवसर अन्यत्र छैन (भिडिओ) – Nepal Press

चन्द्र ढकालकाे दाबी- व्यवसाय गर्न नेपालमा जस्तो अवसर अन्यत्र छैन (भिडिओ)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवासाय गर्नका लागि नेपालमा जस्तो अवसर अन्य देशमा नभएको बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले लगानी कर्ताको हिसावले व्यवसायका लागि नेपाल जस्तो सम्भावनाको ठाउँ अन्यत्र नरहेको बताए ।

उनले कोभिड १९, रुस—युक्रेन युद्धका कारण व्यवसायलाई केही असहजता भएपनि भविष्यका लागि नेपालमा लगानी गर्न महत्वपूर्ण हुने बताए । उनले नीतिगत कारण र नियमनकारी निकायको समन्वय नहुँदा समस्या परेको बताए ।

अध्यक्ष ढकालले भने ‘हामी धेरै विकसित देशमा गएका छौँ, मलाई लाग्छ, नेपालमा जस्तो अपच्र्युनिटी अन्त छ जस्तो लाग्दैन । जुन हिसावको यहाँ अपच्र्युनिटी छ । अमेरिकामा यहाँ भन्दा एकदमै बेटर भएको भए इन्भेष्टरको हिसावले तपाई त्यहीँ नै लगानी गर्नुहुन्थ्यो होला । मातृभूमि भएर मात्रै लगानी गर्ने भन्नेकुरा आदर्शको कुरा मात्रै हो । यहाँ यति सम्भावना छ की, कोभिडको क्राइसिसको कारणले नेपालमा मात्रै नभइ धेरै ठाउँमा असजिलो भएको छ । रसिया युक्रेनको युद्धका कारण केही समस्या छ, कतिपय कुराहरु हाम्रो नीतिगत कारणबाट पनि र कतिपय कुराहरु कोर्डिनेसन हुनुपर्ने नीतिगत नियमनकारी निकायको समन्वय नहुँदा अवश्य मर्का परेको छ । नियमनकारी निकायको समन्वय भयो भने यो किसिमको सञ्चालन गरेको व्यवसाय राम्रो हुन्छ । नेपालमा साच्चै अवसर छ । निजी क्षेत्रको तर्फबाट प्रधानमन्त्री, अर्थमन्त्रीसँग बसेर हामीले बलियो आवाज उठाउँदै आएका छौँ ।’

अध्यक्ष ढकालले नेपालमा पर्यटन, कृषि, आइटी र जलविद्युतको क्षेत्रमा ठूलो अवसर रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर