आर्थिक स्थायित्वका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः चेम्बर अध्यक्ष मल्ल – Nepal Press

आर्थिक स्थायित्वका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः चेम्बर अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक स्थायीत्वका लागि सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने बताएका छन् ।

मंगलबार भक्तपुर चेम्बर अफ कमर्सको छैठौं साधारण सभालाई सम्बाेधन गर्दै अध्यक्ष मल्लले आर्थिक स्थायित्वका लागि सरकार र निजीक्षेत्रबीचको सहकार्य महत्वपुर्ण रहेको बताएका हुन् ।

अध्यक्ष मल्लले भने, ‘अर्थतन्त्रको दिगो विकासका लागि ठोस गृहकार्य गरिनुपर्दछ । सरकारी तर्फबाट भएका कमजारीलाई पनि सुधार गरिनुपर्दछ । करको दायरामा आउने कुरामा निजी क्षेत्र पनि उदार हुनुपर्दछ, ।’
मुलुकमा उद्योगिक एवं व्यवसायिक वातावरण बन्न नसक्नुको कारणबारे गम्भिर समिक्षा गर्नुपर्ने बेला आएको अध्यक्ष मल्लको भनाई छ ।

‘सरकारले चालु खर्चमा मुठी कस्नुपर्ने बेला आएको छ । ऋण लिएर चालु खर्च गर्नुपर्ने अवस्था आउनु मुलुकका लागि सकारात्मक हैन । खर्च पारदर्शिता कायम गर्न आवश्यक छ’, अध्यक्ष मल्ले भने ।

बजेटमा महत्वकांक्षी कार्यक्रमहरु घोषणा भएपनि कार्यन्वयन योजना प्रभावकारी हुन नसक्दा समस्या भएको अध्यक्ष मल्लको भनाई छ । जहाँ सरकार फेरिएसंगै नीतिहरु फेरिनाले पनि अर्थतन्त्र संघै अस्थिर हुनेगरेको मल्लको जिकेर छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर