महेश बस्नेत भन्छन्- साइबर सर्कललाई व्यवस्थित गर्छौँं, युथ फोर्स तैनाथ राखेका छौं (भिडिओ) – Nepal Press

महेश बस्नेत भन्छन्- साइबर सर्कललाई व्यवस्थित गर्छौँं, युथ फोर्स तैनाथ राखेका छौं (भिडिओ)

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले युवा संघलाई आन्तरिक एकता बलियो बनाउन आग्रह गरेका छन् । राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अहिले एमालेविरुद्ध षड्यन्त्र भइरहेकाले आफूहरु एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

उनले भने, ‘गलत बाटामो मुलुक जान लागेपछि सही बाटोमा डोहोर्‍याउन हामीले नेतृत्व गरेका छौं । आफ्नो आन्तरिक एकतालाई बलियो बनाउनुपर्छ ।’

उनले गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईंलाई लक्षित गर्दै अहिले एमालेमाथि सोसल मिडियाबाट प्रहार भइरहेको बताए ।

बस्नेतले भने, ‘हामीले साइबर सर्कललाई व्यवस्थित गर्नुस् । हाम्रो विरुद्ध आक्रमण भइराख्दा युथ फोर्सलाई जगाउने कि नजगाउने ? हिजो पनि तैनाथ रहेको युथ फोर्स आज पनि तैनाथ छ । जुनसुकै बेलापनि आजभोलिमा रचनात्मक काम गर्छौँ । सिटी बजाएको भरमा दुईचार हजार मान्छे युवा संघले काठमाडौंमा उतार्छ । परिआयो भने हामी रचनात्मक काम गर्छौँ । अरु गर्दैनौं ।’


प्रतिक्रिया

One thought on “महेश बस्नेत भन्छन्- साइबर सर्कललाई व्यवस्थित गर्छौँं, युथ फोर्स तैनाथ राखेका छौं (भिडिओ)

  1. तँ गुण्डा नाइके कसरी भाग्दो रहेछस् भन्ने हिजो कुलेश्वरमा राम्रैसंग देखियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर