बालेन र हर्क साम्पाङमाथि महेश बस्नेतको आक्रोश- राजा बन्न खोज्दैछन् – Nepal Press

बालेन र हर्क साम्पाङमाथि महेश बस्नेतको आक्रोश- राजा बन्न खोज्दैछन्

निर्मल निवासमा बस्न मन भए दुर्गा प्रसाईं र राजेन्द्र लिङदेनको पछि नलाग्न ज्ञानेन्द्रलाई चेतावनी

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई राजा बन्न खोजेको आरोप लगाएका छन् ।

काठमाडौंको तीनकुनेमा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले अराजकतावादी तत्त्वहरू पुरानो राष्ट्रिय गान गाउँदै हिँडेको बताए ।

अराजकतावादी तत्त्व दुर्गा प्रसाईंले ज्ञानेन्द्र शाहलाई राजा बनाउने भन्दै हिँडेको बस्नेतको भनाइ थियो । उनले गणतन्त्रमाथि आक्रमण हुँदा एमालेले नै पहिला प्रतिवाद गर्ने बताए ।

उनले भने, ‘उता हर्क साम्पाङ मै हुन्छु भन्दैछन् । यता बालेन म पो राजा हुन्छु भन्दैछन् । काठमाडौं उपत्यकामा मल्ललाई पनि ल्याउनुपर्छ भनेर चिया पसलमा छलफल हुन थालेको छ । नेपालमा नौटंकी राजाहरूको जमघट हुँदैछ । राजा-राजाबीच झगडा पर्दैछ । तर, लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन । जुँगा मुसारेर बसेका ज्ञानेन्द्र ! तिमीलाई निर्मल निवासमा बस्न मन छ कि छैन ? निर्मल निवासमा बस्न मन छैन भने दुर्गा प्रसाईंको पछाडि लाग । एमालेले आशीर्वाद दिएको राजेन्द्र लिङदेनको पछि लाग ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर