महेश बस्नेतको आरोप- प्रचण्ड राजावादी भइदिन सक्छन्, देव गुरुङको अभिव्यक्ति त्यसैको संकेत (भिडिओ) – Nepal Press

महेश बस्नेतको आरोप- प्रचण्ड राजावादी भइदिन सक्छन्, देव गुरुङको अभिव्यक्ति त्यसैको संकेत (भिडिओ)

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजावादी हुनसक्ने आरोप लगाएका छन् ।

तीनकुनेमा युवा संघको शक्ति प्रदर्शनको क्रममा बोल्दै गणतन्त्रमाथि प्रश्न उठेपछि त्यसको प्रतिवाद गर्नको लागि आफूहरू सडकमा आएको बताए ।

उनले भने, ‘हिजो केपी ओलीलाई गणतन्त्रवादी होइनन् राजावादी हुन् भन्ने प्रचार गरिन्थ्यो । आज केपी कमरेड र उहाँको जनसंगठनहरुले गणतन्त्रमाथि प्रश्न उठेको बेलामा सबैभन्दा पहिला प्रश्न उठाउनेकाविरुद्ध अगाडि आएका छौँ । संघीय लोकतान्त्रिक गणतन्त्र भनेको नेपाली समाजले लामो समयदेखि ल्याएको व्यवस्था हो । योमाथि आक्रमण हुँदा त्यसको प्रतिरक्षामा सबैभन्दा पहिला एमाले हुन्छ । अब प्रचण्ड किन आउनुभएन ? शेरबहादुर देउवा किन बोल्नुभएन ?’

उनले अहिले गणतन्त्रमाथि खतरा नभएको जिकिर गर्दै प्रश्न मात्रै उठाइएको दाबी गरे ।

उनले भने, ‘हिंसा लम्ब्याउन प्रचण्डजी राजावादी भइदिन पनि सक्नुहुन्छ । हिजो उहाँको पार्टीको महासचिव देव गुरुङले त्यही खालको अभिव्यक्ति दिनुभएको थियो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर