सधैँ कोलाहल हुने माइतीघरमा निषेधाज्ञाले सन्नाटा (तस्बिरहरू) – Nepal Press

सधैँ कोलाहल हुने माइतीघरमा निषेधाज्ञाले सन्नाटा (तस्बिरहरू)

काठमाडौं । काठमाडौंको माइतीघर मण्डला, जहाँ हरेक दिन कुनै न कुनै समूह वा व्यक्तिको आन्दोलन भइरहेको हुन्छ ।

‘धर्ना हब’, ‘आन्दोलन मण्डला’ यस्तै यस्तै नामले चिनिने यो क्षेत्रमा प्रदर्शन, धर्ना, आन्दोलन गर्नेहरूको संख्या ठूलै हुन्छ ।

तर सोमबारबाट एकाएक माइतीघरमा सन्नाटा छाएको छ । कारण हो सरकारले जारी गरेको निषेधाज्ञा ।

मंसिर ७ लाई लक्षित गरेर दुई समूहले आन्दोलन/प्रदर्शनको तयारी गरेपछि जिल्ला प्रशासन कार्यालयले सम्भावित मुठभेटलाई मध्यनजर गर्दै निषेधाज्ञा लगाएको हो । जसका कारण त्यस क्षेत्रमा धर्नामा रहेका आरती शाह लगायत अन्य समूह/व्यक्तिहरूलाई शान्ति बाटिकामा सारिएको छ ।

अहिले माइतीघरमा निषेधित क्षेत्र लेखिएको ब्यानर टाँसेर बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *