झारखण्डमा कार रुखमा ठोक्किँदा पाँच जनाको मृत्यु, पाँच गम्भीर घाइते – Nepal Press

झारखण्डमा कार रुखमा ठोक्किँदा पाँच जनाको मृत्यु, पाँच गम्भीर घाइते

गिरिडीह । झारखण्डको गिरिध जिल्लामा शनिवार कार रूखमा ठोक्किँदा पाँच जनाको ज्यान गएको छ ।

प्रहरीले दिएको जनाकारीअनुसार दुई बालबालिकासहित १० जना टिकोडिहस्थित विवाह समारोहबाट फर्केर थोरिया गाउँ जाने क्रममा उक्त घटना भएको हो ।

तीव्रगतिमा रहेको गाडी मुफ्सिल प्रहरी चौकी क्षेत्रको बाघमारामा पुगेपछि चालकले नियन्त्रण गुमाउँदा उक्त कार सडकको छेउमा रहेको रुखमा ठोक्किएको हो ।

यस घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई बालबालिकासहित पाँच जना घाइते भएका छन् । शव पोष्टमार्टमका लागि पठाइएको र घटनामा घाइते भएकाहरुलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर