टीकापुर घटनामा राष्ट्रपतिले दिएको आममाफी विरुद्धको रिटमा आज पनि भएन सुनुवाइ – Nepal Press

टीकापुर घटनामा राष्ट्रपतिले दिएको आममाफी विरुद्धको रिटमा आज पनि भएन सुनुवाइ

कैलाली । टीकापुर घटनाका दोषि ठहर भएर जन्मकैदको सजाय भोगिरहेकाहरूलाई आम माफी दिएर रिहा गरेको भन्दै परेको रिटमा आज पनि सुनुवाइ रोकिएको छ ।

असोज ३ गते रिहा भएका तीन जनाविरुद्ध टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक पत्नी शारदा कडायतले रिट दर्ता गरेकी थिइन् । जेठ १५ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीलाई रिहा गरेका थिए । उनको रिटमा पनि सुनुवाइ भएको छैन ।

सर्वोच्चको पूर्णपाठपछि पनि उक्त घटनमा संलग्न रहेको आरोपमा कैलाली कारागारमा रहेका तीन जना र पोखरा सुधार गृहबाट १ जना असोज ३ गते संविधान दिवसको दिन आम माफी पाएर रिहा भए पछि कडायतले अर्काे रिट दिएकी थिइन् । उक्त रिटको सुनुवाइ आज न्यायाधीश कुमार रेग्मीको इजलासमा परे पनि त्यसमा बहस भएन ।

उक्त रिट पन्छाउने उद्देश्यले सुनुवाइ नगरिएको कडायत पक्षका अधिवक्ताले आरोप लगाएका छन् ।

‘आज ४ वटा मात्रै थियो सुनुवाइ सुरु गरेको भए पालो आइहाल्थ्यो तर, पन्छाउने उद्देश्यले सुनुवाइ गरिएन’ अधिवक्ता इन्द्र अर्यालले बताए ।

रेशम चौधरीलाई दिइएको आमा माफीविरुद्धको रिटको पेसी मंसिर १७ गते तोकिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर