एक महिनाअघि हरि खड्का र निराजन रायमाझीकाे कीर्तिमानी भेटेका अन्जनलाई अब उछिन्ने अवसर – Nepal Press

एक महिनाअघि हरि खड्का र निराजन रायमाझीकाे कीर्तिमानी भेटेका अन्जनलाई अब उछिन्ने अवसर

काठमाडौं । विश्वकप फुटबल छनोटको दोस्रो चरणअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले बिहीबार यूएईसँग खेल्दैछ । समूहमा नेपालले अब खेलमा यूएईको सामना गर्न लागेको हो ।

नेपाललाई विजयी सुरुवात गर्ने चुनौती छ । यसअघि नेपालले लाओसलाई हराउँदै दोस्रो चरणमा स्थान बनाएको थियो । तुलानात्मकरुपमा बलियो मानिएको यूएईविरुद्ध स्ट्राइकर अन्जन विष्ट नेपाली टोलीका आशा गरिएका खेलाडी हुन् ।

उनी एक महिनाअघि मात्र लाओसविरुद्ध गोल गर्दै नेपालका लागि सिनियर अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने हरि खड्का र निराजन रायमाझीको कीर्तिमान बराबरी गर्न सफल भएका थिए ।

यी तीन खेलाडीले समान १३ गोल गरेका छन् । अब एक गोल थपेमा अन्जन नेपालका सर्वकालिन सर्वाधिक गोलकर्ता हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *