तीन सातामा काठमाडौं उपत्यकाबाट १६५ जना जुवाडे पक्राउ, ३४ लाख नगद बरामद – Nepal Press

तीन सातामा काठमाडौं उपत्यकाबाट १६५ जना जुवाडे पक्राउ, ३४ लाख नगद बरामद

काठमाडौं । काठमाडौं उपत्यकाभित्र पछिल्लो तीन सातामा १६५ जना जुवाडे पक्राउ र करिब ३४ लाख रुपैयाँ नगद बरामद भएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार कात्तिक ११ देखि कात्तिक ३० गतेसम्मको अवधीमा तास र लङ्गुरबुर्जा खेलिरहेको अवस्थामा एक सय ३३ जना पक्राउ परेका छन् भने २१ लाख ७१ हजार ३ सय ३५ रुपैयाँ नगद बरामद भएको छ ।

काठमाडौंका १२ स्थान, ललितपुरका २ स्थान र भक्तपुरका दुई स्थानमा भएका घटनामा ६९ बुक तास बरामद भएको एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।

यस्तै, यो अवधीमा कौडा खेलिरहेको अवस्थामा ३२ जना पक्राउ परेको र उनिहरुको साथबाट १२ लाख ९१ हजार ५५० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । काठमाडौं र ललितपुरका दुई स्थानमा भएका घटनामा उनिहरु पक्राउ परेका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर