इटहरीका मेयरले समाचार सङ्कलनमा पत्रकारलाई रोक लगाएको प्रति महासघद्वारा खेद प्रकट – Nepal Press

इटहरीका मेयरले समाचार सङ्कलनमा पत्रकारलाई रोक लगाएको प्रति महासघद्वारा खेद प्रकट

विराटनगर । नेपाल पत्रकार महासङ कोशी प्रदेशका सचिव सन्तोष यादवलाई इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले समाचार सङ्कलनमा रोक लगाएको विषयमा पत्रकार महसङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पत्रकार महासङ कोशी प्रदेशका सचिव देवेन्द्र कार्कीले विज्ञप्ति जारी गर्दै पत्रकारलाई समाचार सङ्कलनमा लगाइएको रोक प्रति आपत्ति जनाएका छन् ।

पौडेलले कात्तिक २४ गते भएको इटहरी उपमहानगरपालिकाको कार्यपालिका बैठकको भिडियो छायाङकनमा रोक लगाएका थिए ।

उनले यादवलाई कार्यपालिका बैठक स्थलबाट निकाले पनि अन्य पत्रकारलाई भने बैठक स्थलमा राखेका थिए ।

विज्ञप्तिमा इटहरी उपमहानगरपालिकाका उपमहानगर प्रमुख हेमकर्ण पौडेलले केही मिडियाहरूसँग सम्झौता भएको भन्दै आफू निकटका पत्रकारहरूलाई प्रवेश दिएर नेपाल टेलिभिजनमा सुनसरी कार्यक्षेत्र बनाएर काम गर्दै आएका यादवलाई प्रवेशमा वञ्चित गराएर नागरिकको सूचनाको अधिकार कुण्ठित गराउने काम किमार्थ उचित मान्न नसकिने उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आफू अनुकूलकालाई प्रवेश गराउनु र अन्यलाई प्रवेश निषेध गराउनुले उपमहानगर
प्रमुखको नियत माथि प्रश्न उठेको छ ।

विज्ञप्तिमा विगतमा समाचार लेखेकै आधारमा बैठकमा प्रवेश गर्न नदिनुले उपमहानगरका प्रमुख मिडियाप्रति जिम्मेवार र काममा पारदर्शिता छैन भन्ने प्रष्ट भएको छ उल्लेख छ ।

इटहरी उपमहानगरपालिका मेयर पौडेलले निर्वाचित भएसँगै कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण गर्ने घोषणा गरेका थिए । सो घोषणा अनुसार उनले आफू अनुकूल बैठकको भने प्रत्यक्ष प्रसारण गराउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर