मंसिरदेखि बिजलपुरा-जनकपुर- जयनगर रेल्वेको समय तालिका परिवर्तन हुने – Nepal Press

मंसिरदेखि बिजलपुरा-जनकपुर- जयनगर रेल्वेको समय तालिका परिवर्तन हुने

जनकपुरधाम । महोत्तरीको विजलपुरादेखि भारत विहारको जयनगरसम्म चल्ने नेपालको एकमात्र रेल सेवाको समय तालिका परिवर्तन हुने भएको छ ।

अगामी मंसिर १ गतेदेखि रेल सेवाको समय तालिकामा परिवर्तन गरिएको छ । मंसिरदेखि चिसो बढ्ने र दिउँसोको समय छोटो हुने भएकाले यात्रुहरुको स्वास्थ्य सुरक्षा ध्यानमा राखेर समय तालिका परिवर्तन गरिएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।

नयाँ तालिका अनुसार महोत्तरीको बिजलपुराबाट बिहान ७ः३० बजे ट्रेन छुट्ने र ९ः१५ बजे जयनगर पुग्नेछ । अहिले बिजलपुराबाट विहान ७स्१५ बजे छुट्ने ट्रेनलाई मंसिरदेखि १५ मिनेट ढिलोगरी छुट्नेछ । जयनगरबाट दिउँसो ४ः१५ बजे छुट्ने रेल साँझ ७ः१५ बजे विजलपुरा आइपुग्नेछ ।

यस्तै जयनगरबाट बिहान १० बजे रेल हिड्ने र ११स्१५ बजे जनकपुरधाम आइपुग्नेछ । पुनः जनकपुरधामबाट बिहान ११ः४५ बजे छुट्ने रेल दिउँसो १ः१५ बजे जयनगर पुग्नेछ । उक्त रेल जयनगरबाट दिउँसो १ः४५ बजे छुट्ने र पुनः जनकपुरधाम दिउँसो ३ः१० बजे आइपुग्नेछ ।

त्यसपछि जनकपुरधामबाट दिउँसो ३ः१५ बजे छुट्ने रेल दिउँसो ४ः४० बजे जयनगर पुग्ने र त्यही विश्राम गर्ने नेपाल रेल्वे कम्पनी लिमिटेडको नयाँ तालिका छ ।

रेल्वेका प्रबन्ध सञ्चालक निरन्जनकुमार झाले मौसमलाई ध्यानमा राखेर धार्मिक पर्यटक र व्यापार व्यावसायीलाई सहयोग पुग्ने हिसाबले समय तालिकामा परिवर्तन गरेको जानकारी दिए ।

चिसोयामको छोटो दिनमा व्यापारीलाई खरिदबिक्री गर्न र पर्यटकलाई दर्शन तथा घुमफिर गर्न र घर फर्किन समय मिल्नेगरी समय तालिका परिवर्तन गरेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर