मोइटसाइकल दुर्घटनामा भलिबल खेलाडी सन्तोषको मृत्युु – Nepal Press

मोइटसाइकल दुर्घटनामा भलिबल खेलाडी सन्तोषको मृत्युु

पोखरा । गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने भलिबल खेलाडी सन्तोष बहादुर थापामगरको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । स्याङ्जा चापाकोट नगरपालिका २ धुर्कोटमा गए राति मोटरसाइलमा दुर्घटनामा थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

स्याङ्जा घर भएका सन्तोष स्थानिय भलिबल प्रतियोगितामा खेलेर घर फर्किने क्रममा मोटरसाइकल दुर्घटना परेर मृत्यु भएको स्याङ्जा प्रहरीका प्रहरी निरीक्षक पहलसिंह लामाले जानकारी दिए ।

सन्तोषले गण्डकी प्रदेशमा गत वर्ष भएको नवौं राष्ट्रिय खेलकुद र टाइगर कपको ३ वटै संस्करण गण्डकी प्रदेशबाट खेलेका थिए । सन्तोष पछिल्लो समय शसस्त्र प्रहरी बल (एफिएफ) बाट खेल्दै आएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *