नेपाली फूलको प्रवर्द्धनका लागि महानगरले ४ ठाउँमा फूल बिक्री केन्द्र तोक्यो (भिडिओ) – Nepal Press

नेपाली फूलको प्रवर्द्धनका लागि महानगरले ४ ठाउँमा फूल बिक्री केन्द्र तोक्यो (भिडिओ)

तिहारमा साँझ ८ बजेदेखि राति १ बजेसम्म महानगर प्रहरीले गस्ती गर्ने

काठमाडौं महानगरपालिकाले तिहारलाई सुरक्षित रूपमा मनाउन आग्रह गरेको छ ।

शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौं महानगरपालिकाले नेपालीहरूको महान् पर्व तिहारलाई भव्य रूपमा र सुरक्षित रूपमा सम्पन्न गर्न साँझ ८ बजेदेखि राति १ बजेसम्म गस्ती गर्ने भएको हो ।

शान्ति सुरक्षाका लागि तिहारमा राति १ बजेसम्म नै महानगरपालिकाले गस्ती गर्ने प्रमुख पाण्डेले बताए । उनले देउसी भैलोको समयमा १ बजेसम्म ४ क्षेत्रबाट गस्ती हुने बताए । उनले शान्तिपूर्वक देउसी भैलीमा महानगर प्रहरीले सहजीकरण गर्ने बताए ।

उनले महानगरपालिकाले नेपाली किसानले उत्पादन गरेको फूललाई महानगरभित्र प्रवर्द्धन गर्न सहुलियत गर्न ४ ठाउँमा स्टल राख्ने बताए । उनले ४ ठाउँमा मखमली, सयपत्री लगायतका फूलको बिक्रीका लागि महानगरभित्र सहजीकरण गर्ने बताए ।

उनले भृकुटीमण्डप, तीनकुने, बालाजु र हाँडीगाउँमा नेपाली कृषकले उत्पादन गरेका फूलहरूका लागि महानगरले बिक्रीमा सहजीकरण गर्ने उद्देश्यले सुरु गरेको बताए ।

उनले नेपाली उत्पादनलाई प्रवर्द्धन गर्न सबैले पहल र व्यवस्थित रूपमा अघि बढ्न आवश्यक रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर