ओलीको ब्रिफिङ- एमालेमाथि घेराबन्दी बढ्दैछ, राष्ट्रिय सोच राख्ने शक्तिलाई गोलबद्ध गर्नुपर्छ – Nepal Press

ओलीको ब्रिफिङ- एमालेमाथि घेराबन्दी बढ्दैछ, राष्ट्रिय सोच राख्ने शक्तिलाई गोलबद्ध गर्नुपर्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राष्ट्रिय शक्ति एमालेलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

सचिवालय बैकठमा ब्रिफिङ गर्दै उनले एमालेले राष्ट्रिय शक्तिको प्रतिनिधित्व गर्ने भएकाले घेराबन्दी भइरहेको बताए ।

ओलीको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘मुलुकमा राष्ट्रिय शक्तिलाई कमजोर गर्ने प्रयास भइरहेका छन् विगतदेखि नै । एमालेले राष्ट्रिय शक्तिको प्रतिनिधित्व गर्छ । त्यसकारण घेराबन्दी, आक्रमण र यसलाई कमजोर गर्ने षड्यन्त्र केन्द्रित छन् । त्यसो भएकाले एमालेलाई बलियो बनाएर राष्ट्रिय शक्ति निर्माण गर्नमा हामी लाग्नुपर्छ ।’

उनले एमालेभन्दा बाहिर पनि राष्ट्रिय सोच राख्ने शक्तिहरुलाई क्रमशः गोलबद्ध गर्दै अगाडि बढ्नुपर्ने बताए ।

ओलीले थपे, ‘देशको राष्ट्रियताको रक्षा, मुलुकको समृद्धि, राजनीतिक स्थिरता र जनताको जीवनमा परिवर्तन ल्याउन सकिन्छ । राष्ट्रिय शक्ति कमजोर हुँदा यी सबै कुरा कमजोर भइरहेका छन् । एमालेमाथिको प्रहारलाई केबल एमालेमाथिको प्रहारको रुपमा मात्रै बुझ्नुहुन्न ।’


प्रतिक्रिया

One thought on “ओलीको ब्रिफिङ- एमालेमाथि घेराबन्दी बढ्दैछ, राष्ट्रिय सोच राख्ने शक्तिलाई गोलबद्ध गर्नुपर्छ

  1. दिल्लीको निर्देशनमा उसका नेपाली टट्टुहरू एमाले कमजोर बनाउन हात धोएरै लागेका छन् । तिनको मुख्य काम एमालेलाई कमजोर बनाएर देश लुटने हो । एमाले बाहेक अरू त टट्टु नै हुन् । तिनलाई देशको माया नै छैन । एमाले जनताको साथ लिएर आन्तरिक एकता बलियो बनाउँदै अघि बढ्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर