सर्वदलीय बैठक सकियो, व्यवस्था जोगाउन सबै दल एक हुने प्रतिबद्धता – Nepal Press

सर्वदलीय बैठक सकियो, व्यवस्था जोगाउन सबै दल एक हुने प्रतिबद्धता

काठमाडौं । शान्ति सम्झौता गर्ने प्रमुख दलका शीर्ष नेताबीचको सर्वदलीय बैठक सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकमा विशेषगरी १२ बुँदे समझदारीमा हस्ताक्षर गर्ने दल र तिनका नेताबीच समसामयीक पछिल्लो राजनीति विषयबस्तुमा छलफल भएको बैठकमा सहभागि नेताले बताएका छन् ।

शान्ति, संविधान र व्यवस्थाप्रति आक्रमण र भड्काउने प्रयास भइरहेको त्यसबारेमा सबै दलका नेताले धारणा राखेको बैठकमा सहभागि नेपाली काँग्रेसका नेतासमेत रहेका अर्थमन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार बैठक विशेष गरी व्यवस्था जोगाउने कुरामा सबैको एक मत भएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई लगायतका नेताको सहभागिता थियो । छलफलमा सहभागी दलले संघीय लोकतान्त्रिक गणतन्त्र बचाउनुपर्नेमा प्रतिवद्धता जनाएका अर्थमन्त्री महतले बताए ।

परिवर्तनकारी राजनीतिक दलका नेता खासगरी कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताले गणतन्त्र, संघीयता र संविधानप्रति प्रतिबद्ध रहेको धारणा राखेको भन्दै त्यसका लागि आगामी दिनमा एकताबद्ध भएर अगाडि बढ्ने प्रतिबद्धता जनाएको उनको भनाई छ छिटपुट रुपमा विभिन्न कोणबाट व्यवस्थाप्रति भइरहेका प्रहार र तिनको मिलेर प्रतिवाद गर्ने सबैको अभिमत आएको महतले बताए ।

उनले परिवर्तनको रक्षा र विकास गर्ने कुरामा प्रतिबद्धता जनाएको भन्दै जनतालाई प्रभावकारी सेवा प्रवाह गर्नुपर्नेमा सबैको जोड रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर