आईएमई लाइफ इन्स्योरेन्सद्वारा भूकम्प प्रभावित क्षेत्रमा १० लाख आर्थिक सहयोग – Nepal Press

आईएमई लाइफ इन्स्योरेन्सद्वारा भूकम्प प्रभावित क्षेत्रमा १० लाख आर्थिक सहयोग

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भूकम्पबाट प्रभावितलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

कम्पनीले भूकम्पबाट प्रभावितलाई उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।

राहत रकमले भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहत पुगोस् भन्ने हेतुले कोषमा रकम प्रदान गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

पीडित परिवारहरू प्रति गहिरो समवेदना प्रकट गर्दै समुदायलाई आवश्यकता परेको समयमा संस्थागत सामाजिक उत्तरदायित्व कार्य गरी सहयोग र हातेमालो गर्न कम्पनी अग्रसर रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर