कोशी प्रदेशमा चाँडै सहमतिको सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की (भिडिओ) – Nepal Press

कोशी प्रदेशमा चाँडै सहमतिको सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की (भिडिओ)

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चाँडै नै कोशी प्रदेशमा सहमतिको सरकार विस्तार गर्ने बताएका छन् ।

मुख्यमन्त्री कार्र्कीले आफुलाई सरकार बनाउन सहयोग गरेकाहरुको एजेण्डा अनुसार नै प्रदेश सरकार विस्तार गरिने समेत बताए । उनले आफु सहमतिको सरकार बनाउन लागिपरेको कारण प्रदेश सरकार विस्तारमा ढिलाई भईरहेको जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले आफुलाई मुख्यमन्त्री बनाउन जसले समर्थन गरेको हो उसको गुण नविर्सिने जिकिर गरे । उनले पहिलेको सरकारले पटक पटक सहमतीय सरकारको प्रयास गरेको र त्यसलाई आफुले सफल बनाउने धारणा राखे ।

यता मुख्यमन्त्री कार्कीलाई समर्थन गरेर सरकारमा गएको एमालेले भने सरकार गठनमा मुख्यमन्त्रीले ढिलाई गरेको आरोप लगाएको छ । नेकपा एमालेका नेता एवं कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलावल्लव अधिकारीले एमाललेलाई बाहिर राखेर निर्णय गर्ने कुरा मान्य नहुने बताए । उन समर्थन गरेको दलको सल्लाह अनुसार सरकार गठन गर्नु पर्ने बताए ।

मुख्यमन्त्री केदार कार्की नेपाली कांग्रेसका ७ जना विद्रोही प्रदेश सांसद र नेकपा एमालेका ३९ जना सांसदहरुको र्समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार कोशी प्रदेशको मुख्यमन्त्री बनेका थिए । कार्की मुख्यमन्त्री भएको १९ दिन सम्म पनि मन्त्रीमण्डलले पुर्णता पाउन सकेको छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर