कैलालीमा फुटसल प्रतियोगिता हुँदै – Nepal Press

कैलालीमा फुटसल प्रतियोगिता हुँदै

कैलाली । कैलालीमा प्रथम सुदूरपश्चिम प्रदेश स्तरीय अन्तर बैङ्क फुटसल प्रतियोगिता हुने भएको छ ।

जिल्लाको धनगढीमा यही कात्तिक १७ र १८ गते फुटसल प्रतियोगिता हुन लागेको हो ।

नेपाल राष्ट्र बैङ्क कर्मचारी संघ धनगढी समितिले पहिलो पटक प्रदेश स्तरीय फुटसल प्रतियोगिताको आयोजना गरेको हो ।

दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा प्रदेश स्तरीय फुटसल प्रतियोगिता गर्न लागिएको हो ।

प्रतियोगितामा २१ वटा टिम सहभागी रहने जनाइएको छ । विजेतालाई २५ हजार उप-विजेतालाई १५ हजार रुपैयाँ सहित मेडल र प्रमाण पत्र उपलब्ध गराइने बताइएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई ट्रफी र ३३ हजार रुपैयाँ उपलब्ध गराइने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर