नेपाललाई टाउको दुखाई बनेका अजिज ६८ रन जोडेर आउट, गुल्सनले दिलाए राहत – Nepal Press

नेपाललाई टाउको दुखाई बनेका अजिज ६८ रन जोडेर आउट, गुल्सनले दिलाए राहत

काठमाडौं। विश्वकप छनोटअन्तर्गत अहिले नेपालविरुद्ध ब्याटिङ गरिरहेको मलेसियाका लागि अर्धशतक बनाएका सेयद अजिज आउट भएका छन्। उनले ६८ रन जोडेपछि गुल्सन झाले आउट गरेका हुन्।

मलेसियाले १४।४ ओभरमा ५ विकेट गुमाएर एक सय २५ रन जोडेको छ। अघिल्लो ओभरमा कप्तान रोहितले विकेट लिएका थिए।

कप्तान पौडेलले १४ औँ ओभरमा १५ रन खर्चिएपछि सार्भिन मुनाइन्दीलाई आउट गरे। नेपालका सन्दीप लामिछाने र अविनाश बोहराले पनि एक एक विकेट लिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर