जावलाखेलमा फूलको प्रतिस्पर्धा (तस्बिरहरू) – Nepal Press

जावलाखेलमा फूलको प्रतिस्पर्धा (तस्बिरहरू)

काठमाडौं । फ्लोरिकल्चर एशोसिएशनको आयोजनामा ललितपुरको जावलाखेलमा १६औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरू भएको छ ।

मंगलबार कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले प्रतियोगितात्मक प्रदर्शनीको उद्घाटन गरे । गोदावरी फूलको प्रदर्शनीमा करिब ७० वटा स्टल छन् ।

फ्लोरिकल्चर एशोसिएशनले नेपाली कृषकको उत्पादनलाई प्रोत्साहन एवं प्रवर्द्धन गर्न मेला आयोजना गरिएको बताएको छ । तिहारलाई लक्षित गरेर आयोजना गरिएको यो प्रदर्शनी ५ दिनसम्म चल्नेछ ।

फ्लोरिकल्चर एशोसियसन (फ्यान) ले २०५१ सालदेखि नै पुष्प व्यवसायको व्यवसायिक विकास, विस्तार तथा प्रवर्द्धनका लागि लगातार रुपमा पुष्प मेला/प्रदर्शनीको आयोजना गर्दै आएको छ ।

तिहार पर्व नजिकिँदै गर्दा घर आगन बगैंचा सजाउन तथा स्वागत सत्कारमा विशेष प्रयोग हुने फूलको सहज उपलब्धता गराउन मेला आयोजना गरेको फ्यानले बताएको छ ।

यो प्रदर्शनी गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी समेत रहेकोले गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने कार्यक्रम समेत रहेको छ ।

प्रदर्शनीमा ४० हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोडभन्दा बढीको व्यवसायिक कारोबार हुने अपेक्षा आयोजकको छ ।

मेला अवधि भर मेला अवलोकन गर्न आउने दर्शक, अवलोकनकर्ता तथा व्यवसायीहरूको शून्य मौज्दातमा खाता खोली ३ सय खातावालाको नाममा कृषि विकास बैंकले जम्मा गरी दिने छ । साथै खाता खोल्ने ग्राहकहरुलाई मेलामा जुनसूकै फूल खरिदमा १० प्रतिशत छुट पाउने छन् ।

आर्थिक वर्ष ०७९/८० मा पुष्प तथा पुष्पजन्य वस्तुको निर्यात ६८.१८ लाख र आयात तर्फ भने, ३३ करोड बराबरको कारोबार भएको भन्सार विभागको तथ्यांक रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर