राष्ट्रसंघका महासचिवले संसदमा सम्बाेधन गर्ने पूर्वसन्ध्यामा द्वन्द्वपीडितकाे प्रदर्शन (तस्बिरहरू) – Nepal Press

राष्ट्रसंघका महासचिवले संसदमा सम्बाेधन गर्ने पूर्वसन्ध्यामा द्वन्द्वपीडितकाे प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । संक्रमणकालीन न्याय प्रक्रियालाई टुंग्याउन ध्यानाकर्षण गराउँदै द्वन्द्वपीडितले प्रदर्शन गरेका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको भ्रमणमा आएको मौका पारेर आफूहरूको माग सुनुवाइका लागि झकझक्याएको उनीहरूको भनाइ छ । आज गुटेरेसले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई साँझ सम्बोधन गर्ने कार्यक्रम तय छ ।

बबरमहल क्षेत्रमा भएको प्रदर्शनमा उनीहरूले महासचिव गुटेरेसको भ्रमणले लामो समयदेखि अल्झिरहेको संक्रमणकालीन न्याय प्रक्रियालाई सफल निष्कर्षमा पुर्‍याउन योगदान गर्न सफल होस् भनी कामना गरेको बताएका छन् ।

विस्तृत शान्ति सम्झौता, सर्वोच्च अदालतका फैसला एवं अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले गरेका प्रतिबद्धता कार्यान्वय हुनुपर्ने, अन्तर्राष्ट्रिय मानव अधिकार कानून, सर्वोच्चको आदेश र द्वन्द्वपीडितका सरोकार बमोजिम संक्रमणकालीन न्याय ऐन तत्काल पारित गर्नुपर्ने लगायतका माग उनीहरूको हो ।

३ दिनअघि नेपाल आएका महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन राष्ट्रसंघको सदैव साथ र सहयोग रहने प्रतिबद्धता जनाएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटपछि सिंहदरबारमा पत्रकारमाझ उनले अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका मुद्दाहरूको सम्बोधन हुने गरी शान्तिप्रक्रियालाई टुंगोमा पुर्‍याउनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर