विश्व विजेता बनेपछि खुसीयाली साँट्ने मौकामा चुम्बन गरेका स्पेनिस फुटबलका अध्यक्षलाई ३ वर्षको प्रतिबन्ध – Nepal Press

विश्व विजेता बनेपछि खुसीयाली साँट्ने मौकामा चुम्बन गरेका स्पेनिस फुटबलका अध्यक्षलाई ३ वर्षको प्रतिबन्ध

म्याड्रिड। विश्व फुटबल महासंघ-फिफाले महिला खेलाडीलाई चुम्बन गरेर विवादमा आएका स्पेनिस फुटबल संघका तत्कालिन अध्यक्ष लुइस रुबियालेसलाई फुटबलका सम्पूर्ण गतिविधीबाट ३ वर्ष प्रतिबन्ध लगाएको छ।

स्पेनले महिला विश्वकपको उपाधि जितेपछि रुबियालेसले खुसियाली साँट्नेक्रममा स्ट्राइकर जेन्नी हर्मोसोलाई चुम्बन गरेका थिए। हर्मोसोले सहमतीबिना रुबियालेसले चुम्बन गरेको आरोप लगाएकी थिइन्।

त्यसपछि रुबियालेसले पदबाट राजिनामा दिएका थिए र फिफाले पनि छानबिन अगाडि बढाएको थियो। रुबियालेसले प्रतिबन्धविरुद्ध अपिल गर्ने बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर