मनकामना केबलकार सञ्चालनमा – Nepal Press

मनकामना केबलकार सञ्चालनमा

मुग्लिन । मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ ।

बडादसैँका अवसरमा नवमी, दशमी र एकादशीका दिन बन्द गरिएको केबलकार आजदेखि नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना माता माईको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना ४ कुरिनटार (चेरेस)बाट १० मिनेटमा पुग्ने गरी विसं २०५५ मा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर