अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनीले दिए दसैँको शुभकामना – Nepal Press

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनीले दिए दसैँको शुभकामना

काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले समस्त नेपालीजनमा दसैँको शुभकामना दिएका छन् ।

अस्ष्ट्रेलियामा बहुसंख्यक नेपाली छन् । अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई शुभकामना सन्देश पठाउन पाउँदा आफू खुसी भएको उनले बताएका छन् ।

पुरानो चाडपर्वको अनुष्ठान नयाँ देशमा एउटा महत्त्वपूर्ण विरासत भएको भन्दै प्रधानमन्त्री एन्थोनीले । आमाबाबु र हजुरबाहजुरआमाले छोराछोरी र नातिनातिनाहरूलाई दसैँको आशीर्वादसँगै संस्कृति र परम्पराको संरक्षणसमेत हुने विश्वास जनाएका छन् ।

अष्ट्रेलियाभरका नेपाली समुदायले चाडबाडको योजनामा धेरै समय बिताएको भन्दै उनले दसैँ संसारमा असलता खोज्ने र यसलाई हाम्रो जीवनमा स्वागत गर्ने अवसरको रूपमा लिनुपर्नेमा जोड दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *