इजरायलमा मारिएका ३ जना विद्यार्थीको शव नेपाल आइपुग्यो – Nepal Press

इजरायलमा मारिएका ३ जना विद्यार्थीको शव नेपाल आइपुग्यो

काठमाडौं । इजरायलमा मारिएका १० जना नेपाली विद्यार्थी मध्ये ३ जनाको शव नेपाल आइपुगेको छ ।

३ जनाको शव आज विहान त्रिभुवन विमानस्थलमा आइपुगेको हो । उनीहरुको शव छुट्टाछुटै ३ वटा जहाजमा ल्याइएको विमानस्थलले जनाएको छ।

चार जनाकाे शव  एकैपटक ल्याउने भनिएपनि एक जनाकाे  शव भने दिउँसाे १ बजे काे जहाजमा काठमाडाैं आइपुग्ने छ ।

इजरायलमा हमासकाे आक्रमणमा परी मृत्यु भएका मध्ये नारायण प्रसाद न्याैपाने, लाेकन्द्रसिंह धामी र दिपेश राज विष्टकाे शव नेपाल आइपुगेकाे छ भने आशिष चाैधरीकाे शव दिउँसाे  १ बजे मात्रै आइपुग्ने छ ।

हमासकाे आक्रमणमा परी पढ्न गएका नेपाली विद्यार्थीहरु मध्ये १० काे मृत्यु भएकाे थियाे । ती मध्ये ४ जनाकाे मात्र शव नेपाल पठाइएकाे  इजरायलस्थित नेपाली दुतावासले जनाएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर