दसैँमा व्यापार घटेपछि विराटनगरका व्यवसायी भन्छन्- हामीलाई कि थुन कि सुन – Nepal Press

दसैँमा व्यापार घटेपछि विराटनगरका व्यवसायी भन्छन्- हामीलाई कि थुन कि सुन

विराटनगर । दसैँतिहारमा अरु बेलाभन्दा बढी व्यापार हुने गरेकोमा यस वर्ष मन्दी आएको विराटनगरका व्यवसायीले बताएका छन् ।

मोरङ व्यापार संघले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा व्यवसायीले बजारमा सुधारको अपेक्षा गरिएको भए पनि निरासा बनाएको सुनाए । अध्यक्ष नवीन रिजालले राज्यले व्यवसायीको कुरा सुनिदिनु पर्ने आग्रह गरे ।

सबै क्षेत्र अस्तव्यस्त भएको बेलामा पनि सरकार निरीह भएर बस्न नहुनेमा उनको जोड छ । व्यवसायीहरू लामो समयदेखि आफ्ना समस्याको बारेमा सरकारलाई ध्यानाकर्षण गराउँदै आएको भएपनि सरकारले नसुनेको रिजालले बताए । उनले भने हामी अब कि ‘व्यापारीलाई थुन कि सुन’ भनेर आन्दोलनमा जानुको विकल्प नभएको बताएका छन् ।

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले सुधारको आशा धेरै गरिएको भए पनि अनुभूति गर्न नसकिएको बताए ।

उनले दसैँमा आर्थिक चहलपहलले गति लिने अपेक्षा गरिएकोमा अवस्था नसुध्रिएको बताए ।

उनले, ‘व्यापारमा मन्दी आउनुमा सरकारकै नीति बाधक छ ।’

निवर्तमान अध्यक्ष प्रकाश मुण्दडाले अहिले व्यापार गर्ने अवस्था नै बिग्रिएको बताए ।

‘यस्तो शुभकामना आदानप्रदान गर्ने बेलामा पनि हामीले हाम्रो गुनासो सुनाउनु परेको छ । पटक-पटक सरकारलाई ध्यानाकर्षण गराइ सकेका छौं, आजको कार्यक्रमबाट पनि प्रदेश प्रमुख र माननीयज्यूहरूले हाम्रो कुरालाई सम्बन्धित ठाउँसम्म पुर्‍याइदिनु होला ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर