एमालेले सरकारमा हुँदा सधैँ देशको शिर उँचो पारेको छ : शंकर पोखरेल (भिडिओ) – Nepal Press

एमालेले सरकारमा हुँदा सधैँ देशको शिर उँचो पारेको छ : शंकर पोखरेल (भिडिओ)

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेमाथि अहिले चौतर्फी घेरबन्दी र आक्रमण भइरहेको बताएका छन् । दसैँ शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेलाई बलियो राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्ने संकल्पसहित आफूहरू अघि बढेको बताए ।

पोखरेलले भने, ‘हामीले संकल्प गरेका छौं । एमालेलाई बलियो राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्नुपर्छ । त्यसको जगमा राष्ट्र निर्माणको काममा अघि बढ्नुपर्छ भनेर हामी लागिरहेका छौं । मुलुकको राष्ट्रियताको पक्षमा एमाले र केपी ओली त्यसको नेतृत्वकर्ता हुनुहुन्छ । एमाले सरकारमा हुँदा हामीले देशको शिरलाई उँचो पारेका छौं ।’

प्रतिपक्षमा हुँदा पनि देशको हित पक्षमा सबैभन्दा जिम्मेवार पार्टीको रूपमा रहेको जिकिर गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर