विश्वकपमा अष्ट्रेलियाविरुद्ध श्रीलंकाको ‘कोल्याप्स’- ५२ रनमै ९ विकेट सोत्तर – Nepal Press

विश्वकपमा अष्ट्रेलियाविरुद्ध श्रीलंकाको ‘कोल्याप्स’- ५२ रनमै ९ विकेट सोत्तर

काठमाडौं । एकदिवसीय विश्वकपमा अष्ट्रेलियाविरुद्ध ब्याटिङ गर्दै श्रीलंका २०९ रनमा अलआउट भएको छ । ओपनरहरुले गतिलो सुरुवात गरे पनि त्यसपछिका ब्याट्सम्यानहरु क्रिजमा नटिक्दा श्रीलंका धराशयी बन्यो ।

श्रीलंकन ओपनर पथुम निसान्का र कुशल परेराले २१.४ ओभरको समाप्तिमा १२५ रनको मजबुत साझेदारी गरेका थिए । श्रीलंका ३०० भन्दा माथिको स्कोरतर्फ लम्किएको थियो । कप्तान प्याट कुमिन्सले निसान्कालाई ६१ रनमा आउट गरेसँगै श्रीलंकाको पतन सुरु भयो । अर्का ओपनर कुशल परेरालाई पनि कुमिन्सले नै ७८ रनमा आउट भए ।

उनीहरुपछि आएका ब्याट्सम्यानमा चरिथ असलंकाबाहेक कसैले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् । असलंकाले २५ रन बनाए । अन्य ब्याट्सम्यानहरु अष्ट्रेलियन बलरहरुको अगाडि टिक्न सकेनन् । एडम जाम्पाले ४ विकेट लिए ।

अष्ट्रेलियाले दोस्रो विकेट १५७ रनमा गुमाएको थियो । त्यसपछि थप ५२ रन जोड्दा टिम अलआउट भयो । श्रीलंकाको पतनले दुई दिनअघि पाकिस्तान र भारतबीचको खेललाई सम्झाइदिएको छ । उक्त म्याचमा पाकिस्तान १५५÷२ को अवस्थाबाट १९२ मा अलआउट भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *