युक्रेनद्वारा रुसी जहाजमा आक्रमण – Nepal Press

युक्रेनद्वारा रुसी जहाजमा आक्रमण

किएभ । युक्रेनले प्रयोगात्मक समुद्री ड्रोनको सहायताले रुसी पानीजहाजमाथि आक्रमण गरेको छ ।

युक्रेनले प्रयोगात्मक सामुद्रिक ड्रोनले कृष्ण सागरमा दुई वटा रुसी जहाजमा आक्रमण गरेको युक्रेनीको सरकारी समाचार एजेन्सीले शुक्रवार जनाएको छ ।

सेभास्टोपोल सहर नजिकै शुक्रवार ‘सी बेबी’ नाम दिइएको ड्रोनले रुसको बुयान मिसाइल जहाजमा प्रहार गरेको रिपोर्टमा उल्लेख गरेको छ । यसै गरी डेर्जाभिन गस्ती जहाजमा बुधवार प्रहार भएको जनाएको छ ।

युक्रेनी नौसेनाका प्रवक्ता दिमित्रो प्लेटेन्चुकले पाभेल डर्जाभिन जहाजमा शुक्रवार दोस्रो पटक आक्रमण गरेको बताएका छन् ।

रासस/सिन्ह्वा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर