यी हुन् एमालेसँग मिलेर केदारलाई साथ दिने कोशीका कांग्रेस सांसद (सूचीसहित) – Nepal Press

यी हुन् एमालेसँग मिलेर केदारलाई साथ दिने कोशीका कांग्रेस सांसद (सूचीसहित)

विराटनगर । पार्टीको निर्णयविरुद्ध नेपाली कांग्रेसका ८ प्रदेशसभा उभिएका छन् । कांग्रेसले माओवादीका इन्द्र आङवोलाई मुख्यमन्त्री बनाउने निर्णयको विरोध गर्दै केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका छन् ।

कार्कीसहित उदयपुरका रामकुमार खत्री, इलामका शमशेर राई र गोविन्द गिरी, धनकुटाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीका सुनिता गुरुङ र उदयपुरकै लीलाकुमारी राईले हस्ताक्षर गरेका छन् । यसअघि काँग्रेसको संसदीय दलमा भएको निर्वाचनमा कार्कीले ९ मत नै ल्याएका थिए ।

त्यसबेला उनलाई समर्थन गरेका भोजपुरका विनोद वान्तवाले हस्ताक्षर गरेरन् । यसअघि उद्धब थापालाई मत दिएकी सुनिता गुरुङले भने अहिले हस्ताक्षर गरेको ती सांसदले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर