प्रधानमन्त्री प्रचण्डसँग भाषा आयोगका पदाधिकारीको भेट – Nepal Press

प्रधानमन्त्री प्रचण्डसँग भाषा आयोगका पदाधिकारीको भेट

काठमाडौं । भाषा आयोगका अध्यक्षसहितका पदाधिकारीहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपरान्ह भएको छलफलमा भएको हो ।

छलफलमा उनीहरुले सरकारी कामकाजको भाषा सम्बन्धी पहिले भएका सिफारिसहरुमा केही संशोधन गर्नुपर्ने विषय सिफारिस पेस गरेका थिए।

आयोग भित्र रहेका व्यवस्थापनका आन्तरिक समस्या र तिनका समाधानबारे पनि छलफल भएको थियो ।

त्यस्तै आज नेपाल ट्रष्टका पदाधिकारीहरुले पनि ट्रष्टको नामका रहेको सम्पत्ति र तिनको उपयोग बारे प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका थिए। छलफलका क्रममा ट्रष्टका सम्पत्तिको अभिलेख राख्ने र उपयोगका विधिबारे पनि चर्चा भएको थियो ।

त्यसैगरि निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंह सहित आएको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीसँग भेटवार्ता गरेको छन् । भुक्तानी सम्बन्धी आफूहरुको मागमा कुनै सुनुवाई नभएको भन्दै उनीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीहरुको माग प्रति आफ्नो ध्यानाकर्षण भएको र मागको उचित सम्बोधन हुने बताएका थिए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर