काठमाडौं प्रहरी परिसर ल्याइए अभिनेता अनमोल – Nepal Press

काठमाडौं प्रहरी परिसर ल्याइए अभिनेता अनमोल

काठमाडौं । अभिनेत अनमोल केसीलाई प्रहरीले म्याद थप गर्न अदालत लाने तयारी गरेको छ । उनलाई म्याद थप गर्न लैजान टेकुस्थित काठमाडौं प्रहरी परिसर ल्याइएको छ ।

आपराधिक विश्वासघातको आरोपमा उनलाई शुक्रबार दिउँसो साँगाबाट पक्राउ गरिएको थियो ।

एड्भान्स लिएर पनि केसीले फिल्ममा काम नगरेपछि ‘रावायण’ फिल्मकी निर्माता सुप्रिया कटुवालले उनीविरुद्ध आपराधिक विश्वासघात गरेको भन्दै अपराध महाशाखा बानेश्वरमा गत भदौ ८ गते उजुरी दिएकी थिइन् । त्यही उजुरीका आधारमा केसी पक्राउ परेका थिए ।

शुक्रबार नै केसी चिरायु अस्पताल भर्ना भएका थिए । पक्राउ परेका केसीको स्वास्थ्यमा अचानक समस्या आएपछि महाराजगञ्जस्थित चिरायु अस्पताल भर्ना गरिएको थियो ।

आज अदालतमा उपस्थित गराउन उनलाई काठमाडौं प्रहरी परिसर ल्याइएको छ । केसीले १० लाख एड्भान्स लिएर पनि ‘रावायण’ छाडेका थिए । उनी ‘फर्की फर्की’ मा व्यस्त थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *