स्वास्थ्यमा समस्या आएपछि अनमोल केसी चिरायुमा भर्ना – Nepal Press

स्वास्थ्यमा समस्या आएपछि अनमोल केसी चिरायुमा भर्ना

काठमाडौं । अभिनेता अनमोल केसी चिरायु अस्पताल भर्ना भएका छन् ।

आपराधिक विस्वासघातको आरोपमा आज दिउँसो साँगाबाट पक्राऊ परेका केसीको स्वास्थ्यमा अचानक समस्या आएपछि महाराजगंजस्थित चिरायु अस्पताल भर्ना गरिएको उनी निकटस्थ स्रोतले बतायो ।

‘रावायण’ फिल्मका निर्माता सुप्रिया कटुवालले एड्भान्स लिएर पनि केसीले फिल्ममा काम नगरेपछि आपराधिक विस्वासघात गरेको भन्दै अपराध महाशाख, बानेश्वरमा गत भदौ ८ गते उजुरी दिएकी थिइन् । त्यही उजुरीका आधारमा केसी पक्राऊ परेका थिए ।

अभिनेता केसीलाई आइतबार अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ । केसीले १० लाख एड्भान्स लिएर पनि ‘रावायण’ छाडेका थिए भने नयाँ ‘फर्की फर्की’ मा ब्यस्त थिए ।

(स‌ं चिरायु अस्पताल हुनुपर्नेमा नर्भिक अस्पताल हुन गएकाले  क्षमायाचनासहित सच्याइएकाे छ ।- सम्पादक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *