नेपालमा निर्धक्क लगानी गर्न गैर आवासीय नेपालीलाई प्रधानमन्त्रीको आग्रह – Nepal Press

नेपालमा निर्धक्क लगानी गर्न गैर आवासीय नेपालीलाई प्रधानमन्त्रीको आग्रह

न्यूयोर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकामा रहेका गैर आवासीय नेपालीहरूलाई नेपालमा निर्धक्क लगानी गर्न आग्रह गरेका छन् ।

संयुक्त राष्ट्र संघको ७८ औँ महासभामा भाग लिन अमेरिका आएको नेपाली प्रतिनिधि मण्डलको स्वागत एवं सम्मानमा नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री दाहालले यस्तो आग्रह गरेका हुन् ।

उनले नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै विदेशमा रहेका नेपालीहरूको सीप, क्षमता र लगानी बिना मुलुक अघि बढ्न नसक्ने बताए ।

उनले वर्तमान सरकार मुलुकको आर्थिक विकास, सम्वृद्धि र सुशासनका क्षेत्रमा गम्भीर भएर अघि बढेको दाबी समेत गरे । विदेशमा रहेका नेपालीहरुप्रतिको सोचमा परिवर्तन भएको भन्दै प्रधानमन्त्री दाहालले एनआरएनहरू पलायन नभई विस्तारित भएको तर्क गरे ।

गैर आवासीय नेपाली समुदाय तथा व्यवसायी एवं विज्ञहरुबीच गरिएको अन्तरक्रिया कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूले कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनीहरूले प्रस्तुत गरेको कार्यपत्रले आफू उत्साहित भएको भन्दै प्रधानमन्त्री दाहालले त्यसलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धतासमेत व्यक्त गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *