‘रावायण’मा पूर्वमिस नेपाल वर्ल्ड तथा अभिनेत्री निकिता चाण्डक अनुबन्धित – Nepal Press

‘रावायण’मा पूर्वमिस नेपाल वर्ल्ड तथा अभिनेत्री निकिता चाण्डक अनुबन्धित

काठमाडौं। निर्देशक सुदर्शन थापाले निर्देशन गर्न लागेको चलचित्र ‘रावायण’मा पूर्वमिस नेपाल वर्ल्ड तथा अभिनेत्री निकिता चाण्डक अनुबन्धित भएकी छन् । निर्मात्री सुप्रिया कट्वालले चलचित्रको विशेष भूमिकामा चाण्डक अनुबन्धित भएको जानकारी दिएकी हुन।

चलचित्रमा निकिताले कस्तो भूमिका निभाउनेछिन त्यो भने सुप्रियाले खुलाएकी छैनन् । उनले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत चाण्डक विशेष भूमिकामा अनुबन्धित भएको मात्र जानकारी दिएकी हुन।

‘रावायण’को शीर्ष भूमिकामा यसअघि नायक अनमोल केसी र पूर्व मिस नेपाल नीति शाह अनुबन्धित भइसकेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *