चलचित्र बोर्डले यी ११ जना कलाकारलाई ‘सांस्कृतिक रुपान्तरण पुरस्कार, २०८०’ प्रदान गर्ने – Nepal Press

चलचित्र बोर्डले यी ११ जना कलाकारलाई ‘सांस्कृतिक रुपान्तरण पुरस्कार, २०८०’ प्रदान गर्ने

काठमाडौं । चलचित्र विकास बोर्डले संविधान दिवस २०८० का अवसरमा चलचित्रकर्मी कल्याणकोष सञ्चालन समितिसहित ११ जना कलाकारहरुलाई सम्मान गर्ने भएको छ ।

बोर्डकाे आइतबार बसेको बैठकले उनीहरुलाई ‘सांस्कृतिक रुपान्तरण पुरस्कार, २०८०’ प्रदान गरिने बोर्डका प्रवक्ता केएल बुढाथोकीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

मंगलबार बोर्डमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उनीहरुलाई पुरस्कार प्रदान गर्नेछिन् ।

पुरस्कृत हुनेहरुमा कलाकार मदनकृष्ण श्रेष्ठ, विजयराज तुलाधर, मिथिला शर्मा, दयाराम दाहाल, मुकुन्द किशोर भट्टराई, श्याम सापकोटा, रेखा थापा, दिपाश्री निरौला, मनोज पडित तथा मीन बहादुर भाम रहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *