हलमा टिकटको खडेरी छ भन्ने सुन्दा खुसी लाग्छ : दयाहाङ राई – Nepal Press

हलमा टिकटको खडेरी छ भन्ने सुन्दा खुसी लाग्छ : दयाहाङ राई

उनी भन्छन्- जारी रेकर्ड तोड्छ भन्ने ग्यारेन्टी दिइहाल्ने अवस्था छैन

काठमाडौं । शुक्रवारबाट देशभरि प्रदर्शनमा आएको चलचित्र ‘नाङ्गो गाउँ’ ले दर्शकहरूको साथ राम्रो पाइरहेको छ ।

रिलिजदेखि नै मल्टिप्लेक्सहरुमा दर्शकको चाप रहेको निर्माण पक्षले जनाएको छ । चलचित्रका अभिनेता दयाहाङ राईले अहिले हलमा टिकटका लागि पर्खिनुपर्ने अवस्था देखिएको बताए ।

फिल्म हेर्न हलमा टिकटको खडेरी भएर दर्शकले नपाएको सुन्दा निर्माण पक्षको मेहनत खेर नभएको आभास हुने गरेको उनले बताए ।

शनिवार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘आज दोस्रो दिन दर्शकहरूले मन पराइरहनुभएको छ । हलमा टिकटको खडेरी छ भन्दा खुसी पनि हुन्छ । निर्माता र निर्देशकको मुहारमा मुस्कान देख्दा आफूले गरेको मेहनत खेर नगएको आभास हुन्छ ।’

जारीको रेकर्ड तोड्छ ? भन्ने पत्रकारहरूको प्रश्नमा उनले भने, ‘त्यसरी न हेरौँ होला । स्क्रिनको हिसाबले भयो है भन्न सकिनन् । हामीले भन्दा धेरै शो जवानले पाएको छ। व्यावसायिक रेकर्ड तोड्छ भने राम्रै हो तर पहिले निर्माताको लगानी सुरक्षित हुन पर्छ र हुन्छ भन्नेमा विश्वस्त छु। रेकर्ड तोड्छ नै भन्ने ग्यारेन्टी चाहिँ दिन सकिने अवस्था छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *