मन्त्रालयभित्रका अनियमितता रोक्न सीके राउतले मन्त्री साहलाई दिए यस्ता सुझाव – Nepal Press

मन्त्रालयभित्रका अनियमितता रोक्न सीके राउतले मन्त्री साहलाई दिए यस्ता सुझाव

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहलाई साविकदेखि हुने गरेको अनियमितता रोक्न सुझाव दिएका छन् । जनमतबाट मन्त्री बनेकी शाहलाई मन्त्रालयमा साविकदेखि हुने गरेको अनियमितता रोक्न छलफलपछि ६ सुझाव दिएका हुन् ।

उनले निजामती कर्मचारीहरूको कल्याण र भ्रष्टाचाररहित सार्वजनिक प्रशासन नै आफूहरूको उद्देश्य भएकाले मन्त्रालय परिसरमा चलखेल रोख्न सीसीटिभी जडान गर्ने, बिचौलियाको प्रवेश रोक्ने र कसैले कसैसँग पैसा लिएर सरूवा बढुवा गर्ने चलखेल रोक्न सुझाएका छन् ।

उनले भनेका छन्, ‘कुनै बिचौलिया, कर्मचारी वा जोसुकैले सेवाग्राहीसँग सरूवा बढुवाको लागि पैसा मागेको छ भने ठोस प्रमाणसहित हामीलाई जानकारी गराउनुस् ।’

पैसा कमाउने नियतले नै रहेका मन्त्रालयका कर्मचारीहरूलाई अन्यत्र सरूवा गर्न भनेका छन् । इन्जिनियरिङ स्टाफ कलेजको स्थापनाको लागि पहल गर्ने, निजामती सेवा ऐनमा समेट्नु पर्ने वा संशोधन गर्नुपर्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर