लिङ्देनको प्रस्ताव- तपाईंहरुकै नेतृत्वमा राजालाई ‘स्पेश’ दिऔं, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाऔं (भिडिओ) – Nepal Press

लिङ्देनको प्रस्ताव- तपाईंहरुकै नेतृत्वमा राजालाई ‘स्पेश’ दिऔं, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाऔं (भिडिओ)

‘राजनीतिक परिवर्तनपछि दिल्लीको १२ बुँदे सम्झौतको भरिया बनेपछि देश दुर्घटनातर्फ जाँदैछ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै राजालाई अभिभावकिय संस्थाको रुपमा अघि बढाउन प्रस्ताव राखे ।

उनले भने, ‘कांग्रेस, एमाले र माओवादीलाई भन्न चाहन्छु देश र जनताप्रति माया छ भने सुध्रिन चाहनुहुन्छ भने समय बितिगएको छैन । सुध्रनुहोस् । कुनै विद्रोह नगरी सल्लाहबाटै अघि बढैं । ०६२/६३ को राजनीतिक परिवर्तनपछि दिल्लीको १२ बुँदे सम्झौतको भरिया बनेर आउनुभयो र त्यही बाटोबाट देशलाई हिँडाउनुभयो । यहाँसम्म आइपुग्दा त्यो बाटो गलत भयो भन्ने तपार्ईंहरुलाई पनि लागेको छ । त्यो बाटोले देशलाई दुर्घटनामा लानेवाला छ ।’

देशलाई दुर्घटनाबाट जोगाउनको लागि नयाँ सम्झौता गरेर राजालाई कुनै न कुनै किसिमको स्पेशको व्यवस्था गर्न आग्रह गरे ।

उनले भने, ‘राजालाई अभिभावकिय संस्थाको रुपमा अगाडि बढाऔं। नेपाल जस्तो सानो देशलाई यतिधेरै जनप्रतिधि भारी हुन्छ । संघीयताले राष्ट्रिय ऋण बढायो। संघीयता कटौती गरौं ।’ उनले पार्टी अलग अलग भएर चुनाव लडेपनि भ्रष्टाचारको पछिल्ला प्रकरण हेर्दा खाने बेलामा सबैसँगै हुने गरेको आरोप लगाए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर