राप्रपाको शक्ति प्रदर्शन : गौ हत्याको विरोधदेखि राजसंस्था पुन:स्थापनासम्मका माग (तस्बिरहरू) – Nepal Press

राप्रपाको शक्ति प्रदर्शन : गौ हत्याको विरोधदेखि राजसंस्था पुन:स्थापनासम्मका माग (तस्बिरहरू)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा प्रर्दशन गरिरहेको छ । हिन्दू राष्ट्र, राजसंस्था पुनस्थापना, भ्रष्टाचार, संघीयता खारेजी र गौहत्या विरोध गर्दै भृकुटीमण्डपमा प्रदर्शन गरिएको हो । राप्रपाद्वारा आयोजित जनप्रदर्शन तथा विरोध सभालाई अध्यक्ष राजेन्द्र लिङदेनलाई शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले गौहत्या गर्नेमाथि कारबाही नभएसम्म देशभर आन्दोलन नरोक्ने उद्घोष गरे ।


र्‍यालीका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘बालुवाटार प्रकरणको नाइकेहरूलाई पक्राउ नगरेसम्म देशभर आन्दोलन हुन्छ, सुन काण्डका मुख्य दोषी पक्राउ गर्नुपर्छ । शरणार्थी प्रकरणका मुख्य नाइकेहरूले उन्मुक्ति पाइरहेका छन् । साथसाथै विभिन्न भ्रष्टाचारको काण्ड छन् । त्यो अन्त्य नभएसम्म रोकिँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर